Rumpum Advertisement

बेलायती चिकित्सकको चेतावनी : अस्पतालमा शैय्या अभाव हुनसक्छ

बेलायती चिकित्सकको चेतावनी : अस्पतालमा शैय्या अभाव हुनसक्छ

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि भएका कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् ।

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी विरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएका एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।

बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जिबाणु पाइएको बताइएको थियो ।

बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ । यो पहिलो चरणको सङ्क्रमणका समयमा भन्दा बढी हो ।रासस

प्रतिक्रिया दिनुहोस्: