birat ribon

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

Neuro
सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

विराटनगर । अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स पराजित भएको छ । बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो ।

पर्थमा भएको खेलमा थन्डर्सले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभर खेल्दा आठ विकेटको क्षतिमा एक सय २८ रन मात्र बनाउन सक्यो ।

cura insider

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो ।

यस खेलमा सन्दीप एक विकेट लिन सफल भए । उनले चार ओभरमा २३ रन खर्चिएर एक विकेट लिए ।

सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यसअघिका दुई खेलमा उनले तीन विकेट लिइसकेका थिए ।

jackson ribon