birat ribon

अत्यधिक महको सेवन हानिकारक, तौल बढाउनेदेखि मधुमेहसम्म

Neuro
अत्यधिक महको सेवन हानिकारक, तौल बढाउनेदेखि मधुमेहसम्म

विराटनगर/मह चिनीको स्वस्थ विकल्प हो ।

महको सेवनले तौल घटाउन मद्दत गर्नुका साथै स्वास्थ्यमा विभिन्न फाइदा गर्छन् । हरेक दिन लगभग ५० एमएल महको सेवन गर्न स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, प्रतिरोध क्षमता बढाउन र विभिन्न चियाको उपभोग बढेको कारण गत केही महिनामा महको सेवन गर्ने मात्रा पनि बढेको छ । अरू कुनै पदार्थ जस्तै, धेरै महको सेवन स्वास्थ्यका लागि खराब मानिन्छ ।

cura insider

तर, अत्यधिक महको सेवनको सम्भावित साइड इफेक्ट हुन सक्छन् । मह चिनी र कार्बोहाइड्रेटमा धनी हुन्छ । अत्यधिक महको सेवनले रगत चिनीको स्तरलाई बढाउन सक्छ । विशेषगरी मधुमेह रोगीले धेरै मह सेवन गरेमा रगतमा चिनीको स्तरमा वृद्धि हुनसक्छ जुन मधुमेह पीडित मानिसका लागि खतरनाक हुन्छ ।

कब्ज जस्तो पाचन समस्या महको अधिक सेवनका कारण खराब हुन सक्छ । महमा हुने उच्च फ्रुक्टोजले पहिलादेखि कब्जियतको समस्या नभएकामा समेत कब्ज निम्त्याउन सक्छ । शरीरले एक पटकमा धेरै चिनी पचाउन नसक्ने हुँदा महको अत्यधिक सेवनले पेट फुल्ने, पखाला लाग्नेसमेत हुन सक्छ ।

उच्च रक्तचाप भएका मानिसलाई मह फाइदाजनक हुन्छ । तर, अत्यधिक मात्रामा महको सेवनले रक्तचापलाई सामान्यभन्दा कम गर्न सक्छ जसलाई हाइपोटेनसन पनि भनिन्छ । लामो समससम्म कम रक्तचापले मुटुको कार्यलाई असर गर्न सक्छ । अत्यधिक महको सेवनले तौल बढ्न सक्छ । तौल घटाउने आहारमा भएकाले मह सेवन गर्ने मात्रा नियन्त्रण गर्नु अत्यन्तै आवश्यक हुन्छ ।

अधिक क्यालोरी, चिनी र कार्बोहाइड्रेटले तौल घटाउने लक्ष्यलाई उल्टाउन सक्छ । धेरै महको सेवन गर्नु भनेको धेरै चिनी सेन हो, जसले दाँतको क्षति बढाउन सक्छ । युएसडिए राष्ट्रिय पौस्टिक डाटाबेसका अनुसार लगभग ८२ प्रतिशत मह चिनी हो, जसले दाँतलाई बिगार्न सक्छ । मह दाँतमा टाँसिने हुँदा यसले दाँतको क्षति बढाउने गर्छ ।

jackson ribon