birat ribon

दिनमा ११ मिनेट हिँडडुल गर्दा पनि आयु बढ्ने

Neuro
दिनमा ११ मिनेट हिँडडुल गर्दा पनि आयु बढ्ने

विराटनगर/एक दिनमा ११ मिनेट जति हिँडडुल गर्दा आयु बढ्न सक्ने हालसालै गरिएको एउटा अध्ययनले पत्ता लगाएको छ ।

वर्षौंदेखि स्वस्थ रहनका लागि हरेक दिन ३० देखि ६० मिनेट व्यायाम गर्नुपर्छ भनेर सोच्दै र सुन्दै आएका छौँ । यो साँचो हो । मृत्युदर कम गर्न र स्वास्थ्यलाभका लागि वास्तवमा ६० देखि ७५ मिनेट दैनिक व्यायामको लक्ष्य राख्नुपर्छ । तर, कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले मानिसलाई निस्क्रिय बनाएको छ भने जीवनशैलीमा पनि धेरै परिवर्तन ल्याएको छ ।

cura insider

यस्तो निस्क्रिय जीवनशैली बिताइरहेकामा समेत बसिरहनुको साटोमा मात्र ११ मिनेट हिँडडुल गर्दा आयु बढ्न सक्छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित भर्खरको अध्ययनको परिणामहरूले देखाए कि प्रतिदिन ३५ मिनेट अभ्यास गर्ने सहभागीहरूले आफ्नो आयु अवधिमा सबैभन्दा ठूलो भिन्नता देखेका थिए ।

साथै, ११ मिनेटको मध्यम व्यायाम (छिटो पैदल यात्रा) ले समेत सकारात्मक प्रभाव देखाएको थियो । जब कि दैनिक ३५ मिनेट व्यायाम स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, ११ मिनेटको कम समयले बीचमा एकदमै निस्क्रिय भएको शरीरलाई पनि सजिलो बनाई व्यायाम अवधि र आयु अवधि बढाउँछ ।

सामान्य हिडाइ, व्यायाम, योगा, नृत्यलगायतका शारीरिक गतिविधि गरेर आयु अवधि बढाउन सकिन्छ ।

jackson ribon