विराटनगर । अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्सले अहिले सिड्नी थन्डरको सामना गरिरहेको छ ।
पर्थमा जारी खेलमा होबार्टले थन्डर्सबाट एक सय ६८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन बनाएको हो ।
सो खेलमा सन्दीप एक विकेट लिन सफल भएका छन् । उनले चार ओभरमा २३ रन खर्चिएर एक विकेट लिएका हुन् ।
सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन् । यसअघिका दुई खेलमा उनले तीन विकेट लिइसकेका छन् ।