birat ribon

अभिनेता कृष्ण र मदनदासलाई ‘हरितारा चलचित्र पुरस्कार’

Neuro
अभिनेता कृष्ण र मदनदासलाई ‘हरितारा चलचित्र पुरस्कार’

विराटनगर/अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी तथा अभिनेता मदनदास श्रेष्ठ र विशिष्ठ गीतकार सहदेव ढुङ्गानालाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । यस्तै नेपाली कला संस्कृतिको उत्थानमा सङ्लग्न गीतकार सहदेव ढुङ्गाना पनि २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’बाट सम्मानित भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्कालागायतले उनीहरुलाई सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

cura insider

त्यस्तै कार्यक्रममा वि.सं. २०७६ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरियो । श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रुपैयाँ रहेको छ ।

यस्तै कार्यक्रममा ‘परिवर्तन सम्मान २०७६’ बाट नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सचिव मोहन पन्त, निर्देशक र अभिनेता विश्वदीप घिमिरे र निर्देशक, अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गरिएको थियो ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखी स्थापना गरेर सुरु गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

jackson ribon