birat ribon

बर्ड फ्लूको जोखिम कम गर्न सावधानी अपनाउनुहोस्

Neuro
बर्ड फ्लूको जोखिम कम गर्न सावधानी अपनाउनुहोस्

विराटनगर/कोरोना भाइरसको महामारीबीचमा बर्ड फ्लूको समाचारले मानिसहरूका मनमा डर बढाएको छ ।

भारतमा विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । यस्तो अवस्थामा, बर्ड फ्लुको सङ्क्रमण बारेमा पूर्ण सतर्क रहनु महत्त्वपूर्ण हुन्छ । बर्ड फ्लू एच फाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरसले गर्दा हुन्छ । यो चरामा देखिने अत्यधिक सङ्क्रामक र गम्भीर श्वास रोग हो, जसले कहिलेकाहीँ मानिसहरूलाई समेत सङ्क्रमित गर्छ ।

cura insider

पक्षी र मानिस दुबै यस भाइरसबाट उत्तिकै जोखिममा रहेको मानिन्छ । भाइरस अन्य चराको तुलनामा कुखुरामा सबैभन्दा चाँडो फैलिने बताइन्छ । यदि पशु वा मानिस पनि बर्ड फ्लू सङ्क्रमित चराहरूको सम्पर्कमा आएमा भाइरसले सङ्क्रमण फैलाउन सक्छ । चराबाट मानिसमा सर्ने रोग बर्ड फ्लूले महामारी फैलाउनुका साथै मानिसको ज्यानसमेत लिन सक्छ ।

सङ्क्रमित वा मृत चराको सेवन गरिएको खण्डमा भाइरस मानव शरीरमा पुग्न र तिनीहरूलाई सङ्क्रमित गर्न सक्छ । बर्ड फ्लू भाइरस सङ्क्रमित चराको र्‍याल तथा मलमा लगभग १० दिनसम्म बाँच्न सक्छ । कुखुरापालनमा संलग्न व्यक्तिहरू भाइरसको जोखिमको बढी जोखिममा हुन्छन् । यसबाहेक सङ्क्रमित चराहरू सम्पर्कमा आउँदा वा काँचो वा राम्रोसँग नपकाएको कुखुरा, हाँसलगायत चराको मासु र अण्डाहरू खाँदा भाइरसबाट सङ्क्रमित हुने सम्भावना अधिक हुन्छ ।

बर्ड फ्लू गम्भीर श्वास रोग भएका कारण कफ, ज्वरो, सास फेर्ने समस्या, घाँटी दुखाइ, मांसपेशी दुखाइ, बेचैनी जस्ता लक्षण देखापर्ने हुन्छ । त्यसैले सतर्कता अपनाएर अगाडि बढ्न आवश्यक हुन्छ । यदि कुनै प्रकारको समस्या भएमा वा समस्या देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नु उचित हुन्छ ।

कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूले सरसफाइमा विशेष ध्यान दिनुका साथै कुखुराहरु मर्न थालेमा वा बिरामी पर्न थालेमा तुरन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । साथै, हरेक व्यक्तिले खोर, कुखुरा बेच्न राखिएका ठाउँ जानका लागि माक्स र पन्जा लगाउने नियमको अनिवार्य पालना गर्नुपर्छ ।

jackson ribon