birat ribon

जाडोमा वृद्धवृद्धालाई न्यानो राख्न विशेष ध्यान दिनुपर्ने

Neuro
जाडोमा वृद्धवृद्धालाई न्यानो राख्न विशेष ध्यान दिनुपर्ने

विराटनगर/जाडो मौसममा हाइपोथर्मिया (शरीरको तापक्रम सामान्यभन्दा कम) हुनु एक साधारण समस्या हो ।

हाइपोथर्मिया भएका कारण घातक मृगौला र कलेजोको समस्या निम्त्याउन सक्छ । अन्य उमेर समूहको तुलनामा बुढेसकालमा शरीरको तापक्रम चाँडो कम हुने हुन्छ । त्यसैले जाडो मौसममा घरमा भएका वृद्ध सदस्यको हेरचाहमा ध्यान दिनु एकदम महत्त्वपूर्ण हुन्छ । जाडोमा धेरैजसो सबैजना सिरकभित्र बसिरहन एकदमै सहज महसुस गर्छन् ।

cura insider

तर, जाडो मौसममा शारीरिक रूपमा सक्रिय रहनु पनि धेरै महत्त्वपूर्ण हुन्छ । शारीरिक रूपमा सक्रिय रहनका लागि वृद्ध सदस्यलाई केवल घर वरिपरि घुम्न लगाउन सकिन्छ । यसले कडापन, सुस्ती र जाडोलाई टाढा राख्न तथा रगतको उचित सञ्चार कायम राख्न मद्दत गर्छ । पाको उमेरका मानिस सबैभन्दा धेरै चिसो महसुस गर्छन् ।

जसकारण उनीहरूलाई आवश्यक पर्ने सबै चीजहरू विशेष रूपमा रातीको समयमा नजिक राख्दा उचित हुन्छ । घरको ढोका र झ्याललाई बन्द राख्नुका साथै वृद्ध सदस्यलाई एउटा मोटो लुगा लगाइदिनुभन्दा पनि बहु तहमा लुगा लगाइदिनु पर्छ । कोठालाई न्यानो बनाइराख्नका लागि हिटर पनि प्रयोग गर्न सकिन्छ । तर, हिटरबाट हानिकारक ग्यास बाहिर निस्कने हुँदा सुत्नुअगाडि ढोका वा झ्याललाई खोल्नुपर्छ ।

घरमा आगो बालेको वा कोठामा हिटर प्रयोग गर्दा कोठामा राम्रो भेन्टिलेसन छ वा छैन भनेर पक्का गर्नुपर्छ । कमजोर भेन्टिलेसनले कोठामा कार्बन मोनोअक्साइडको स्तरलाई बढाउन सक्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । जाडोमा धेरै तिर्खा लागेको महसुस नहुने हुँदा एकदम थोरै पानी पिउने गरिन्छ । तर, जाडोमा पनि शरीरलाई पानीको आवश्यकता हुन्छ ।

शरीरमा पानी नपुगेको खण्डमा डिहाइड्रेसन हुन्छ, जसले कब्ज र सुख्खापनलगायतका जटिलता निम्त्याउन सक्छ । त्यसलै दैनिक प्रशस्त मात्रामा पानीको सेवन गराउनु पर्छ । जाडोमा चिसो पानीभन्दा मनतातो पानी पिउन दिनुपर्छ । घरमा भएका वृद्ध उमेरका लागि मात्र नभएर बच्चा तथा वयस्कलाई नुहाउनका लागि न्यानो पानी प्रयोग गर्नुपर्छ ।

बाहिर चिसो भएको भन्दै नुहाउनका लागि अत्यधिक तातो पानीको प्रयोग गर्नु हुँदैन । तातो पानी प्रयोग गर्नाले शरीरको तापक्रममा अचानक परिवर्तन गर्न सक्छ, जसले बिरामी पार्न सक्छ । अत्यधिक तातो पानीले छालालाई सुक्खा बनाउन सक्छ, त्यसकारण नुहाउने क्रममा मनतातो पानीको प्रयोग गर्न सकिन्छ ।

jackson ribon