Rumpum Advertisement

नेकपा ओली समूह निकट अखिल मोरङको ९९ सदस्यीय आयोजक समिति

नेकपा ओली समूह निकट अखिल मोरङको ९९ सदस्यीय आयोजक समिति

विराटनगर/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ । विराटनगरमा कार्यक्रम आयोजना गरी आयोजक कमिटी गठन गरेको हो ।

अखिलको विधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भए पनि केही सीमित नेताहरूका कारण अखिललाई निस्प्रभावी बनाउने काम भएकाले आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए ।

आयोजक कमिटीका सदस्यलाई नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख विनोद ढकालले सपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै उनले अखिलले सधैँ विद्यार्थी आन्दोलन र सामाजिक रुपान्तरणका लागि नेतृत्व गर्दै आएको भन्दै त्यसलाई कायम राख्न निर्देशन दिए ।

अखिलका केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेले सवै सदस्यले विद्यार्थीको हकहितसँगै समाजका लागि पनि जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा अखिल सचिवालय सदस्य अन्जु पाण्डे, नेकपा मोरङका नेता रुपेश खतिवडालगायतले बोलेका थिए ।