birat ribon

कोरोना भाइरस : विशेषज्ञका अनुसार यो लक्षण चिन्ताजनक नहुन सक्छ

Neuro
कोरोना भाइरस : विशेषज्ञका अनुसार यो लक्षण चिन्ताजनक नहुन सक्छ

विराटनगर/कोभिडमा देखिने प्रायजसो लक्षण फ्लू, साधारण चिसो र मौसमी एलर्जीलगायत अन्य रोग र भाइरल इन्फेक्सनको लक्षणजस्तै हुने हुँदा धेरै भ्रम फलिएका छन् ।

ज्वरो, सुक्खा खोकी, थकान, गन्ध र स्वाद हराउनु, टाउको दुखाइलगायत अन्य चिकित्सा जटिलताले कोभिड सङ्क्रमणको सम्भावना हुने सङ्केत गर्न सक्छ । तर, विज्ञहरूका अनुसार एक लक्षण देखिएमा कोभिड भएको हो भन्ने चिन्ता लिनु आवश्यक पर्दैन । कोभिडको अन्य लक्षणजस्तै हाच्छ्युँ आउनु पनि अन्य धेरै चिकित्सा अवस्थासँग सम्बन्धित हुन सक्छ ।

cura insider

हाच्छ्युँ एक शक्तिशाली र हावाको अनैच्छिक निस्कासन हो जसले नाक र घाँटीबाट एलर्जी गराउन सक्ने इरिट्यान्टलाई हटाउने लक्ष्य राख्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, चिसो, खोकी र ज्वरो सँगसँगै हाच्छ्युँ आएमा यसलाई कोरोना भाइरससँग जोड्न सकिन्छ । तर, हाच्छ्युँ आउने लक्षणमात्र भए यो कोभिडको सङ्केत होइन ।

सीडीसीले हाच्छ्युँ आउनुलाई कोरोना भाइरसको लक्षणको रूपमा सूचीबद्ध गरेको छैन । विभिन्न अन्य कारणहरूले गर्दा पनि हाच्छ्युँ आउन सक्छ । सिडिसीका अनुसार हाच्छ्युँ आउनु चिसो र फ्लूको लक्षण हो । यसबाहेक, हाच्छ्युँँ आउनुलाई मौसमी एलर्जीले पनि असर गर्न सक्छ । कोभिड र मौसमी एलर्जीबीचको तुलनात्मक विश्लेषणमा, सीडीसीले हाच्छ्युँ आउनु कोभिडभन्दा पनि मौसमी एलर्जीको सम्भावित लक्षण हुन सक्ने दाबी गरेको छ ।

वातावरणीय परिवर्तनका कारण पनि हाच्छ्युँ आउने हुन सक्छ । विज्ञहरूका अनुसार चिसो र सुख्खा हावाले नाकका अंशलाई चिडचिड गर्न सक्छ जसकारण हाच्छ्युँ आउन सक्छ । हाच्छ्युँ आउनु एक धेरै सामान्य अवस्था हो, जुन एक्लै देखिएमा एक व्यक्तिमा कोभिड सङ्क्रमण भएको सङ्केत गर्न सक्दैन ।

jackson ribon