Rumpum Advertisement

साउथ स्टार गोपिचन्दको २९ औँ फिल्मको घोषणा

Neuro
साउथ स्टार गोपिचन्दको २९ औँ फिल्मको घोषणा

विराटनगर/दक्षिण भारतका चर्चित अभिनेता गोपिचन्दको २९ औँ फिल्मको घोषणा भएको छ ।

युभी क्रिएसन र स्ट्यालिस स्टार अल्लु अर्जुनको पिता अल्लु अरबिन्दको प्रस्तुति रहने फिल्मको शीर्षक सार्वजनिक गरिएको छैन ।

फिल्मलाई निर्देशक मारुथीले निर्देशन गर्ने भएका छन् । यो फिल्म मारुथीको १० औँ फिल्म हो ।

‘भलेभले मगदिभोइ,’ ‘प्रतिरोजु पन्दगे’ जस्ता हिट फिल्म निर्माण गरेपछि पुनः एक पटक युभी क्रिएसन, अल्लु अरबिन्द र निर्देशक मारुथी एकसाथ फिल्म निर्माण गर्दै छन् ।

फिल्मको पोस्टर र शीर्षक केही समयपछि एकसाथ सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।