विराटनगर/बहुप्रतिक्षित तमिल फिल्म ‘मास्टर’ को शीर्षक गीत तेलुगु भाषामा सार्वजनिक भएको छ ।
‘मास्टर रेड’ बोल रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । फिल्म एकसाथ पाँच भाषामा रिलिज हुँदैछ ।
केही महिनाअगाडि फिल्मको शीर्ष गीत तमिल भाषामा रिलिज गरिएको थियो । गीतको तमिल भर्सनलाई २३ मिलियनभन्दा बढीले हेरिसकेका छन् । यस्तै ‘मास्टर’ को तेलुगु भाषामा रहेको शीर्ष गीतले पनि राम्रै चर्चा पाइरहेको छ ।
सार्वजनिक भएको उक्त र्याप गीतमा र्यापर अरिभुको आवाज रहेको छ । फिल्मको टिजर र गीत हेरेपछि दर्शकहरू फिल्म हेर्न धेरै उत्साहित देखिन्छन् ।
लोकेश कनागराजको निर्देशन रहेको ‘मास्टर’ को हिन्दी नाम ‘विजय–दी मास्टर’ राखिएको छ । फिल्मको हिन्दी संस्करणमा टिजर र गीत आउन बाँकी छ । फिल्म ‘मास्टर’ तमिल र तेलुगु भाषामा १३ जेनवरीमा रिलिज हुनेछ भने फिल्मको हिन्दी संस्करण (विजय– दि मास्टर) १४ जेनवरीमा रिलिज हुनेछ ।