Rumpum Advertisement

महिलामा हुने योनी सङ्क्रमणबाट यसरी बच्ने सकिने

महिलामा हुने योनी सङ्क्रमणबाट यसरी बच्ने सकिने

विराटनगर/अत्यधिक योनी स्राव (भ्याजिनल डिस्चार्ज) महिलामा देखिने सबैभन्दा आम स्त्री रोग समस्या हो ।

प्रजनन आयु समूहमा योनी स्रावको केही मात्रा सामान्य हुन्छ । तर, अत्यधिक मात्रामा श्राव भएमा, गन्ध आएमा, चिलाउने भएमा वा श्रावको रङ परिवर्तन भएमा ध्यान दिनुपर्ने हुन्छ । भ्याजिनल क्यान्डिडाइसिस क्यान्डिडा एल्बिकान्स नामक जीवाणुको कारण हुन्छ । जसकारण बाक्लो सेतो योनी स्राव हुनुका साथै योनी वरपर चिलाउने समस्या उत्पन्न हुन सक्छ ।

सामान्यतया शारीरिक सम्पर्कपछि गर्भावस्था, अनियन्त्रित मधुमेह भएका महिला, एन्टिबायोटिकको सेवनपछि, सरसफाइमा ध्यान नदिएमा र कम प्रतिरक्षा प्रणाली भएका महिलामा योनीको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । प्रायःजसो सङ्क्रमित महिलासँग शारीरिक सम्पर्क राखेपछि पार्टनरको निजी भागमा पोलेको तथा चिलाउने हुन सक्छ ।

योनी सङ्क्रमण रोक्नका लागि योनीको स्वच्छता सबैभन्दा महत्वपूर्ण हुन्छ । यसको मतलब योनी वरपरको क्षेत्रलाई सफा राख्नु हो । मनतातो पानीले सफा गरी योनीलाई सुक्खा राख्नुपर्छ । योनीलाई सफा राख्नका लागि कठोर साबुन, स्प्रे, विभिन्न ब्राण्डका उत्पादन र पर्फ्युमहरूको प्रयोग गर्नु हुँदैन । यस्ता उत्पादनले योनीको सामान्य वनस्पतिको सन्तुलन परिवर्तन गर्न सक्छ ।

शौचालय प्रयोग गरिसकेपछि, योनीलाई अगाडिबाट पछाडि सफा गर्नुपर्छ । पछाडिबाट अगाडि गरेमा अन्य जीवले योनीमा आफ्नो बाटो पत्ता लगाउन सक्छन् । दैनिक आधारमा सुक्खा कटनको भित्री बस्त्रको प्रयोग गर्नुपर्छ । सङ्क्रमणलाई निम्त्याउन सक्ने हुँदा कहिल्यै पनि भिजेको अन्डरगारमेन्टको प्रयोग गर्नु हुँदैन ।

यौन सम्पर्कको बेलामा कन्डमको प्रयोगले यौनजन्य रोगलाई रोक्नुका साथै अनावश्यक गर्भधारणलाई पनि रोक्छ । धेरै जनासँग यौन सम्पर्क राख्दा सङ्क्रमण हुने सम्भावना अधिक हुन सक्छ । डाक्टरको परामर्शविना अनावश्यक औषधिको सेवन गर्नु हुँदैन । विशेषगरी एन्टिबायोटिक जसले योनीको वनस्पतिलाई फङ्गल सङ्क्रमणको पक्षमा परिवर्तन गर्न सक्छ ।

स्वस्थ आहार र नियमित व्यायामको साथ राम्रो स्वास्थ्य र ठिक्क तौल कायम राख्दा प्रतिरक्षा विकास हुनुका सथै सङ्क्रमणलाई रोक्छ । यदि मधुमेहलगायतका कुनै स्वास्थ्य समस्या भएको खण्डमा यसलाई नियन्त्रणमा राख्नुले योनीमा हुने सङ्क्रमणलाई रोक्न सक्छ ।

जब एक पार्टनरको निजी भागमा कुनै पनि प्रकारको सङ्क्रमण भइरहेको छ भने उक्त समस्या निको नभएसम्म यौन सम्पर्कबाट टाढा रहनु पर्छ । यदि योनीमा सङ्क्रमणको कुनै लक्षण देखा परेको छ भने महिलाले लाज मान्ने तथा समस्यालाई लुकाउने कोसिस गर्नु हुँदैन । यसको उपचार गर्न आवश्यक हुने हुँदा समयमा डाक्टरकोमा जान आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: