Rumpum Advertisement

यस्तो छ तीन दिनको मौसम

यस्तो छ तीन दिनको मौसम

विराटनगर । आगामी तीन दिनको मौसमका बारेमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भविष्यवाणी गरेको छ ।

नेपालमा पछिल्लो समय पश्चिमी वायुको प्रभाव कम भएर सामान्य बन्दै गएको महाशाखाले जनाएको छ । मुलुकका पहाडी भूभागमा बिहीबार (आज) बिहानैबाट मौसममा आंशिक बदली भएको छ । बाँकी भागमा सामान्यतया मौसम सफा रहेको बताइएको छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र प्रेदश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ। राति पनि आंशिक बदली हुनुका साथै मौसम सफा रहने जनाइएको छ ।

शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।
शुक्रबार राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने जनाइएको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: