birat ribon

अन्टार्कटीकाबाट टुक्रियो हिमखण्ड, विश्वका वैज्ञानिक चिन्तित

Neuro
अन्टार्कटीकाबाट टुक्रियो हिमखण्ड, विश्वका वैज्ञानिक चिन्तित

विराटनगर । विश्वकै वैज्ञानिकलाई चिन्तित तुल्याउने गरी अन्टार्कटीकामा एउटा घटना भएको छ ।

अन्टार्कटीकामा रहेको विशाल हिमवत खण्ड अलग भएपछि यसले विश्वकै पर्यावरणमा नोक्सानी पुर्याउनेभन्दै वैज्ञानिकहरु चिन्तित बनेका हुन् । हिमवत खण्ड अलग भएर हिमखण्ड (आइसबर्ग) दक्षिणी जर्जियाको दिशामा अघि बढिरहेको हो । अमेरिकाको न्यूयोर्क शहरभन्दा सात गुण ठूलो आइसबर्गको आकार पाँच हजार आठ सय वर्ग किलोमिटर रहेको छ ।

cura insider

यस सम्बन्धी विज्ञहरुका अनुसार यति ठूलो हिमखण्ड चोइटिएर समुद्रका लहरसँगै अघि बढ्नु चिन्ताजनक हो। यो हिमखण्ड कम पानी भएको कुनै ठाउँमा गई अड्कियो भने त्यस वरिपरीको समुद्री जीवन ध्वस्त हुन सक्छ। त्यहाँका वनस्पति र जीव जन्तु सखाप हुन सक्छन्।

यस हिमखण्डलाई ए सिक्स एट ए नाम दिइएको छ। कड़ा चट्टान झै संरचना भएको यस हिमखण्डले समुद्री जीवनका साथै समुद्री जहाजलाई पनि हानी नोक्सानी पुर्याउन सक्छ। विशाल हिमखण्ड पग्लिने क्रममा टुक्रामा विभाजित भएर जाने गर्छन् । ती टुक्रा पानीभित्र रहने हुनाले त्यस बाटोबाट गुज्रिने जहाज ठोक्किने सम्भावना हुन्छ।

यो हिमखण्ड पूरै पग्लिँदा वैश्विक समुद्री स्तरमा १० सेन्टिमिटरसम्म वृद्ध हुने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

jackson ribon