birat ribon

ट्रम्पको एकाउन्ट ट्वीटरले गर्यो लक

Neuro
ट्रम्पको एकाउन्ट ट्वीटरले गर्यो लक

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट सामाजिक सञ्जाल ट्वीटरले ‘लक’ गरिदिएको छ ।

गत नोबेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गर्दै प्रमाणविहीन दाबी गरेर उनले निरन्तर ट्वीट गरिरहेका बेला कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले ट्रम्पले लगातार प्रमाणविहीन दाबी ट्वीट गरिरहेका कारण एकाउन्ट लक गरिएको स्पष्ट पारेको छ ।

cura insider

ट्वीटरले अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारण ट्रम्पले पोस्ट गरेका तीन ट्वीट हटाउनु परेको जनाएको छ । ती ट्वीटले आफ्नो नीति उल्लंघन गरेको जिकिर ट्वीटरको छ । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको एकाउन्ट लक नै रहने जनाइएको छ ।

भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुने सामाजिक सञ्जालले बताएको छ । यसैबिच ट्रम्पले आफ्ना हतियारधारी प्रदर्शनकारीलाई उनीहरुले संसद भवनमा आक्रमण गरिरहेका बेला गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका छन् । भिडियोमा ट्रम्पले प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाइरहेको देख्न सकिन्छ ।

jackson ribon