Rumpum Advertisement

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको ज्यादतीपूर्ण हिंसा

Neuro
अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको ज्यादतीपूर्ण हिंसा

विराटनगर । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले ज्यादतीपूर्ण तवरबाट हिंसा मच्चाएका छन् ।

ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद प्रवेश गर्दै हिंसा मच्चाएपछि कर्फ्यू लगाइएको छ । संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यू लगाइएको हो । त्यस क्रममा सुरक्षाकर्मीको गोली लागेर एक महिलाको मृत्यु भएको छ । संसदको कांग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रक्रिया चलिरहेका बेला ट्रम्पका समर्थक सभा हलभित्र पसेका थिए ।

ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउँमा प्रवेश गरेर तोडफोड गर्न सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो ।

प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै अश्रुग्यास प्रहार गरिएको थियो । अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मीले चलाएको गोलि लागेर एक महिलाको मृत्यु भएको हो ।

सिनेट हलभित्र प्रदर्शनकारीहरु हतियारसहित देखिएका थिए । यस अघि ट्रम्पले हजारौको र्याली गर्दै चुनाव रद्ध गर्नुपर्ने माग गरेका थिए । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले यसलाई बिद्रोह को संज्ञा दिँदै लोकतन्त्रको प्रक्रियालाई अगाडि लैजानुपर्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई आगाडि बढेर यो घेराबन्दीलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले यसलाई राजद्रोहको संज्ञा दिदै आपत्ति जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै प्रदर्शन नगर्न आग्रह गरे पनि उनको भिडियोमा आफूले प्रदर्शन गर्ने सबैलाई माया गर्ने बताएका छन् । चुनाव आफूहरुसँग चोरिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेका थिए ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर आतंक मच्चाएपछि घटनाको सर्वत्र आलोचना भएको छ । उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए। घटनापछि वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। घटनासँगै बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ।