birat ribon

विवादस्पद कानुनविरुद्ध हङकङमा निरन्तर प्रदर्शन

Neuro
विवादस्पद कानुनविरुद्ध हङकङमा निरन्तर प्रदर्शन

विराटनगर । हङकङमा जारी गरिएको विवादस्पद राष्ट्रिय सुरक्षा कानुनकाविरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ ।

कानुनकाविरुद्ध प्रदर्शन गर्नेमाथिको धरपकड पनि जारी छ । प्रदर्शनमा उत्रिएका ५० भन्दा धेरै लोकतन्त्र समर्थक पक्राउ परिसकेका छन् । हङकङ प्रहरीले लोकतन्त्र समर्थकका थुप्रै कार्यकर्तालाई पक्राउ गरेको हो । पछिल्लो वर्ष जुन महिनामा चीनको अर्धस्वायत्त क्षेत्रमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएपछि हङकङमा प्रदर्शन भइरहेको छ ।

cura insider

प्रदर्शनमा उत्रनेमाथिको कारवाहीलाई पनि सरकारले तीव्र पारेको छ । हङकङमा लोकतन्त्र समर्थन तथा धेरै अधिकारको मागको विषयमा प्रदर्शन भएपछि चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । उक्त प्रदर्शन सन् २०१९ जुन महिनाबाट सुरुवात भएको हो । सुरुमा हङकङले लोकतन्त्र समर्थक कार्यकर्ता जोशुआ वोंग र एग्नेश चोलाई प्रहरी कार्यालयमा बाहिर प्रदर्शनको क्रममा पक्राउ गरी जेल पठाएको थियो ।

jackson ribon