birat ribon

कोरोना खोपको परीक्षण नेपालमा गरेको ‘झूटो’ दाबी

Neuro
कोरोना खोपको परीक्षण नेपालमा गरेको ‘झूटो’ दाबी

विराटनगर । भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेका थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ ।

cura insider

नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन् । ‘नेपाल सरकारबाट कसैले पनि क्लिनिकल ट्रायलका लागि अनुमति लिएका छैनन्, अब अवैध रूपमा गरेको भए बेग्लै कुरा हो,’ मन्त्रालय स्रोतको भनाइ छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पनि क्लिनिकल ट्रायलका अनुमति नलिएको प्रस्ट पारेको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले क्लिनिकल ट्रायलका सम्बन्धमा कुनै जानकारी नरहेको र त्यससम्बन्धी समाचारमा सत्यता नभएको बताए । ‘नेपाल सरकारको अनुमति बेगर क्लिनिकल ट्रायल गर्न पाइँदैन र अहिलेसम्म दूतावासमा कसैले त्यसका लागि अनुरोध पनि गरेको छैन । त्यसैले समाचारमा आएको कुरा सत्य होइन,’ राजदूत आचार्यले भने ।

गत आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको थियो । उक्त खोपको विकास बायोटेक र भारतको स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा गरिएको हो । कोभ्याक्सिनसँगै अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको एवं सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)द्वारा उत्पादित कोभिसिल्डले पनि भारत सरकारको नियामक निकायबाट आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon