Rumpum Advertisement

मौरिसियोको पहिलो खेलमा पिएसजीले अङ्क बाँड्यो

Neuro
मौरिसियोको पहिलो खेलमा पिएसजीले अङ्क बाँड्यो

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सन् २०२१ को पहिलो खेलमा बराबरीमा रोकिएको छ । फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेता पिएसजीले एसटी–इटेन्नीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

इटेन्नीको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । १९औं मिनेटमा रोमेन हमौमाले गोल गर्दै इटेन्नीलाई अग्रता दिलाए ।

त्यसको दुई मिनेट नबित्दै मोइसे किनले गोल गर्दै पिएसजीलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल हुन नसक्दा पिएसजी अङ्क बाँड्न बाध्य भयो ।

बराबरीसँगै १८ खेलमा ३६ अङ्क जोडेर पिएसजी दोस्रो स्थानमा उक्लिएको छ । इटेन्नी भने १९ अङ्कका साथ १४औं स्थानमा छ ।

पिएसजीले नवनियुक्त प्रशिक्षक मौरिसियो पोचिटिनको नेतृत्त्वमा पहिलो खेल खेलेको हो । अर्जेन्टिनी कोच मौरिसियो हालै मात्र थोमस टुचेलको स्थानमा पिएसजी आएका हुन् । उनी पिएसजीका पूर्वखेलाडीसमेत हुन् ।