Rumpum Advertisement

ब्राजिलमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाखनजिक

ब्राजिलमा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या दुई लाखनजिक

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको सङ्ख्या दुई लाखनजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ६६ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ९९ हजार ४३ पुगेको हो । ब्राजिलमा हालसम्म सङ्क्रमित ७८ लाख ७४ हजार पाँच सय ३९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६२ हजार पाँच सय ३२ जना नयाँ बिरामी थपिए ।

७० लाख ३६ हजार पाँच सय ३० जना उपचारपछि निको भएका छन् । छ लाख ३८ हजार नौ सय ६६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म तीन लाख ६९ हजार तीन सय ६१ सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन हजार पाँच सय दुई जनाको ज्यान गयो । सङ्क्रमित सङ्ख्या दुई करोड १८ लाख १४ हजार तीन सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार सात सय ८४ नयाँ बिरामी थपिए ।

एक करोड २९ लाख ९२ हजार नौ सय २९ जना सङ्क्रमितको उपचार अमेरिकामा सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ८४ लाख ५२ हजार ५६ जनाको उपचार जारी रहेको छ । उपचाररतमध्ये २९ हजार आठ सय १३ जनाको अवस्था गम्भीर छ ।

भारतमा हालसम्म एक लाख ५० हजार तीन सय ७२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन दुई सय २१ जनाले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा २० हजार चार सय ६० नयाँ बिरामी थपिएपछि भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ९५ हजार नौ सय ३८ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड १६ हजार एक सय ६३ जना उपचारपछि निको भएका छन् । दुई लाख २९ हजार चार सय तीन जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा हालसम्म १८ लाख ८८ हजार आठ सय ५० जना सङ्क्रमितको मृत्यु भइसकेको छ । एकै दिन १३ हजार चार सय ४६ जनाको ज्यान गयो । सङ्क्रमित सङ्ख्या आठ करोड ७५ लाख ६८ हजार चार सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सात लाख ४० हजार सात सय ६६ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये छ करोड ३० लाख ८१ हजार नौ सय ४४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड २५ लाख ९७ हजार छ सय ३९ जना उपचाररत छन् । उपचार जारी रहेकामध्ये एक लाख आठ हजार सात सय ९८ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्: