birat ribon

युभेन्टसले मिलानको अपराजित यात्रामा पूर्णविराम लगायो

Neuro
युभेन्टसले मिलानको अपराजित यात्रामा पूर्णविराम लगायो

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले लिग लिडर एसी मिलानमाथि जित दर्ता गराएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले मिलानलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

सान सिरोमा युभेन्टसलाई जिताउन फेडेरिको चिसाले दुई गोल गरे भने वेस्टन केनीले एक गोल गरे । मिलानका डेभिड कालाब्रियाले एक गोल गरे ।

cura insider

खेलको १८औं मिनेटमा चिसाले गोल गरेपछि युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । ४१औं मिनेटमा कालाब्रियाले गोल गर्दै मिलानलाई बराबरीमा फर्काए ।

६२औं मिनेटमा चिसाले गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए । ७६औं मिनेटमा केनीले गोल गरेपछि युभेन्टसले ३–१ गोलको जित निकालेको हो ।

यससँगै युभेन्टसले मिलानको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । युभेन्टससँग पराजित हुनुअघि ऊ युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोली थियो ।

यस्तै जितसँगै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । १५ खेल खेलेको उसले ३० अङ्क जोडेको छ । मिलान भने ३७ अङ्कका साथ शीर्ष स्थानमा छ । मिलानले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ ।

दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग ३६ अङ्क छ ।

jackson ribon