birat ribon

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा, उपाधिका लागि टोटनह्यामसँग भिड्ने

Neuro
युनाइटेडलाई हराउँदै सिटी फाइनलमा, उपाधिका लागि टोटनह्यामसँग भिड्ने

विराटनगर । म्यानचेस्टर सिटीले इङ्ग्लिस काराबाओ कपको फाइनलमा स्थान बनाएको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा ‘म्यानचेस्टर डर्बी’मा २–० गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो ।

म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा हराउँदा जोह्न स्टोन्स र फर्नान्डिन्होले समान एक–एक गोल गरे । ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो ।

cura insider

५०औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाए ।

यससँगै सिटीले उपाधिका लागि टोटनह्याम हटस्परको सामना गर्ने पक्का भएको छ । मङ्गलबार राति भएको पहिलो सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब ब्रेन्टफर्डमाथि २–० गोलको जित निकाल्दै टोटनह्याम फाइनलमा प्रवेश गरिसकेको छ ।

Image

दर्शकको प्रवेशको सम्भावना कायम राख्न पछाडि सारिएको फाइनल खेल २५ अप्रिलमा वेम्ब्लीमा हुनेछ ।

यसअघि सिटीले आर्सनललाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने युनाइटेडले इभर्टनमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

jackson ribon