Rumpum Advertisement

मेस्सीको दुई गोल, बार्सिलोना शीर्ष तीनमा

Neuro
मेस्सीको दुई गोल, बार्सिलोना शीर्ष तीनमा

विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । बुधबार राति आफ्नो १७औं खेल खेलेको बार्सिलोनाले एथ्लेटिक क्लबमाथि ३–२ गोलको जित निकाल्दै शीर्ष तीनमा स्थान बनाएको हो ।

एथ्लेटिकको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा नै इनाकी विलियम्सले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए ।

१४औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि अग्रता बनाएको थियो ।

६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए । ९०औैं मिनेटमा एथ्लेटिकका इकर मुनियनले गोल गरेपछि खेल ३–२ गोलको अवस्थामा सकियो ।

यससँगै बार्सिलोना १७ खेलमा ३१ अङ्क जोड्दै शीर्ष तीनमा उक्लियो । बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

Image