Rumpum Advertisement

साम्पोडोरियासँग इन्टर स्तब्ध, सान्चेजको पेनाल्टी मिस

Neuro
साम्पोडोरियासँग इन्टर स्तब्ध, सान्चेजको पेनाल्टी मिस

विराटनगर । इटालियन सिरी ‘ए’ इन्टर मिलान पराजित भएको छ । बुधबार राति भएको खेलमा इन्टर साम्पोडोरियाँसँग २–१ गोलले स्तब्ध भएको हो ।

साम्पोडोरियाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एन्टोनियो कान्ड्रेभा र केइटा बाल्डे डियाओले समान एक–एक गोल गरे । इन्टरका स्टेफान डी भ्रिजले एक गोल फर्काए ।

साम्पोडोरियाले पेनाल्टी गोलबाट सुरुआती अग्रता बनाएको हो । २३औं मिनेटमा कान्ड्रेभाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

त्यसअघि इन्टरले पनि पेनाल्टीको माैका पाएकाे थियो । खेलकाे ११औं मिनेटमा इन्टरले पाएकाे माैकामा एलेक्सिस सान्चेज चुके । उनकाे पेनाल्टी मिस भएकाे थियो ।

३८औं मिनेटमा डियाओले गोल गरेपछि पहिलो हाफभरि साम्पोडोरियाले २–० गोलको अग्रता बनायो । ६५औं मिनेटमा डी भ्रिजले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा इन्टर पराजित बनेको हो ।

यससँगै १६ खेल खेलेको साम्पोडोरियाले १७ अङ्क जोडेको छ । ऊ ११औं स्थानमा छ । पराजित इन्टर भने दोस्रो स्थानमा छ । इन्टरले ३६ अङ्क जोडेको छ ।