birat ribon

‘मास्टर’ को हिन्दी टिजर ट्विटरमा आएपछि दर्शक आक्रोशित

Neuro
‘मास्टर’ को हिन्दी टिजर ट्विटरमा आएपछि दर्शक आक्रोशित

विराटनगर । थलपति विजय र विजय सेतुपथीको बहुप्रतिक्षित तमिल फिल्म ‘मास्टर’ को हिन्दी टिजर ट्विटरमा सार्वजनिक भएको छ । हिन्दी टिजर विनाजानकारी फिल्मका हिन्दी निर्माता अक्षय राठीले ट्विटरमार्फत् सार्वजनिक गरेका थिए ।

फिल्मको तमिल र तेलिगु टिजर युटुबमा सार्वजनिक भएको छ तर हिन्दी टिजरलाई युटुबमा सार्वजनिक गरिएको छैन । लोकेश कनागराजको निर्देशन रहेको ‘मास्टर’ एक तमिल फिल्म हो । फिल्मको हिन्दी संस्करणको नाम ‘विजय – दि मास्टर’ राखिएको छ ।

cura insider

१४ जनवरीमा सिनेमा हलमा रिलिज हुने फिल्म ‘मास्टर’ को टिजर हाल दुई भाषामा मात्रै आएको छ । हिन्दी दर्शकहरू फिल्मलाई लिएर धेरै उत्साहित छन् तर फिल्मको हिन्दी टिजरसम्बन्धी विनाजानकारी ट्टिरमा मात्रै सार्वजनिक भएपछि दर्शक आक्रोशित बनेका छन् ।

फिल्मका वितरकहरूले फिल्मको हिन्दी संस्करणलाई राम्रोसँग प्रचार नगरेको भन्दै दर्शकले ट्विटरमा आक्रोश पोखेका हुन् । दर्शकले ट्विटरमा आक्रोश पोखेपछि निर्माता अक्षय राठीले आफ्नो ट्इिट हटाएका छन् ।

jackson ribon