Rumpum Advertisement

सरकारले बर्डफ्लु नियन्त्रणका लागि पूर्वतयारी थाल्यो

Neuro
सरकारले बर्डफ्लु नियन्त्रणका लागि पूर्वतयारी थाल्यो

काठमाडौं । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले यसको पूर्वतयारी थालेको हो ।

कृषि मन्त्रालयका सहसचिव एवं पशुपक्षी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।

डा. निर्मलले कोभिड १९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परीक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपक्षी मा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपक्षी रोगकै परीक्षणका निम्ति दिनुपर्ने बताए ।

सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरूलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रूपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहीँकतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे ।