birat ribon

फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी (भिडियोसहित)

Neuro
फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी (भिडियोसहित)

काठमाडौं । झन्डै वर्ष दिन क्रिजभन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लागि रहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् ।

नेपाल क्रिकेट सङ्घ –क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मङ्सिर दोस्रो सातादेखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।

cura insider

सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रूपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समयदेखि मैदान ओर्लिन नपाएका खेलाडीलाई वृद्धिविकासका लागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।

प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना हुने पनि क्यानले यसअघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिनयताको फिटनेसले खेलाडीमा सुधार आएको बताए ।

jackson ribon