Rumpum Advertisement

प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरे : भट्टराई

Neuro
प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरे : भट्टराई

विराटनगर । पूर्व–प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन् ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तरपार्टी अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था माथिको कू गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६०–६१ मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताए । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए ।

कुनैपनि व्यक्तिले लहडमा प्रतिनिधिसभा विघटन गर्नै नसक्ने बताउँदै उनले अन्तर्राष्ट्रिय परम्परामा संसद् विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद् विघटन गर्न नपाइनेसमेत बताए ।