विराटनगर । विराटनगरमा लागुऔषध सेवन गरेका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–९ का २४ वर्षीय गौरव तामाङ रहेका छन् ।
बुधबार अपराह्न ४ः५० बजे विराटनगर–१६ कल्भर्टमा लागुऔषध सेवन गरी लडिरहेको अवस्थामा दिदी पर्ने विना महर्जनले उनलाई फेला पारेकी थिइन् ।
अचेत अवस्थामा फेला परेका उनलाई विनाले उपचारको लागि कोशी अस्पताल लगेकोमा डाक्टरले उनको मृत्यु भइसकेको जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरीका रानीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।