Rumpum Advertisement

प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउनदेखि रोकिएको भन्दै यथाशीघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापनपत्र बुझेपछि युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: