Rumpum Advertisement

विराटनगरको वायू प्रदूषण : घरबाहिर ननिस्कन महानगरको अपिल

विराटनगरको वायू प्रदूषण : घरबाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । विराटनगरको वायू प्रदूषणले खतराको संकेत पार गरेपछि घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाले अपिल गरेको छ ।

वायू प्रदूषण बढेपछि महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

काठमाडौंको प्रदूषण उच्च भएका कारण मंगलबार सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो ।

विराटनगरमा पनि प्रदूषणले खतराको चिन्ह पारगरेपछि महानगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न अपिल गरेको हो ।

महानगरपालिकाले फाहोर सामाग्री डढाउने र मर्निङवाक गर्ने कार्य केही दिनलाई रोक्न आग्रह गरेको छ । धुलो उत्सजन हुने विकास निर्माणका काम पनि तत्कालका लागि रोक्न महानगरले आग्रह गरेको हो ।

विज्ञहरुका अनुसार हावामा प्रदूषणको मात्र ४०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १८० भन्दा माथि छ ।

चिसो बढेसँगै हावामा प्रदूषणको मात्रा पनि बढेको वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए । उनका अनुसार हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केल बिधीबाट मापन गरिन्छ ।

यसरी मापन गर्दा ४०–६० सम्मको अवस्थालाई सामान्य र त्यसमाथिको अवस्थालाई खतराको संकेत भन्दा माथि मानिने उनले बताए । ‘ चिसो बढेका कारण धूला धूलो उडेर धेरै टाढा जानसक्दैन् ।’ उनले भने ‘ हावामा धूवा धूलोको मात्र बढी भए मानव स्वास्थ्यलाई गम्भिर असर गर्छ ।’

औद्योगिक सहरको रुपमा रहेको विराटनगरमा सवारी चाप पनि उच्च छ । हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुले मात्रा बढी हुँदा मानिसलाई दिर्घकालिन रुपमा गम्भिर असर गर्ने उनले बताए । ‘घातक धातू सवारीबाट सृजित धूला, टायर प्लास्टिक जलाउँदा निस्कन्छ ।’ उनले भने ‘यस्ता धातूले श्वासप्रश्वासको माध्ययमबाट शरिरमा पुगेर स–साना कोषहरु बन्द गर्नसक्छन् ।’

प्रतिक्रिया दिनुहोस्: