birat ribon

आक्रोशित पूजा

Neuro
आक्रोशित पूजा

विराटनगर । थोरै चर्चा र धेरै विवादमा परिरहने नाम हो पूजा शर्मा । फिल्म प्रेम गीत, म यस्तो गीत गाउँछु र राम कहानीबाट आफ्नो सफल करिअरको सुरुआत गरेकी नायिका पूजा शर्मा कहिले ट्रोलको शिकार त कहिले आफ्नै फेसबुकका पोस्टहरूका कारण प्रायः विवादमा परिरहन्छिन् ।

केही समयअगाडि सञ्चारकर्मी प्रकास सुवेदीको कार्यक्रम ‘रजतपट’ मा दिएको एक अन्तर्वार्ताका कारण नायिका शर्मा विवादमा तानिएकी थिइन् । केही समयपछि पुनः सोही कार्यक्रममा सुवेदीले आफूविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै शर्माले उनीविरुद्ध विभिन्न सङ्घसंस्थामा उजुरी दिएकी थिइन् ।

cura insider

उजुरी परेकै दिन सुवेदीले शर्मासँग आफूबाट गल्ती भएको भन्दै माफी मागेका थिए । लामो समयको विवादपछि नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि उक्त विवाद टुङ्गिएको थियो ।

यतिबेला फेरि नायिका पूजा शर्माको एउटा फेसबुक पोस्टले अर्को विवाद सिर्जना गर्ने प्रयास गरिरहेको देखिन्छ । नायिका शर्माले आफ्नो फेसबुकमा निर्माता सुभाष थापालाई लक्षित गरी एउटा पोस्ट गरेकी छन् ।

उनले लेखेकी छन्,’सुभाष थापा अब त अत्ति भयो, धिक्कार छ तिमीलाई ’। उनले केका लागि यस्तो पोस्ट लेखेकी हुन् स्पष्ट छैन । फेसबुकमा पोस्ट गरेको केही समय मै नायिका शर्माले आफ्नो पोस्ट हटाएकी छन् ।

jackson ribon