विराटनगर । राजसंस्था फर्काउन माग गर्दै राजावादीहरूले मोटरसाइकल र कार र्याली निकालेका छन् । बुधबार राजा समर्थकहरूले इटहरीबाट विराटनगरसम्म र्याली निकालेका हुन् ।
इटहरीबाट सुरु भएको र्याली विराटनगर हुँदै पुनः इटहरी फर्किएर समापन हुने बताइएको छ । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा प्रचण्ड–माधव समूहसहित अन्य दल यतिबेला आन्दोलनमा छन् ।
दलहरूको सडक सङ्घर्ष रोकिएको अवस्थामा राजसंस्था माग गर्दै राजावादीले प्रदर्शन सुरु गरेका छन् ।