Rumpum Advertisement

बुधबार चार सय नौ जनामा कोरोना सङ्क्रमण

Neuro
बुधबार चार सय नौ जनामा कोरोना सङ्क्रमण

विराटनगर । बुधबार देशभर थप चार सय नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप चार सय नौ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ । हाल पाँच हजार एक सय ३१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार सय ९५ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ५६ हजार एक सय ६१ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ९९ जनाको मृत्यु भएको छ ।