birat ribon

ओजिलको यात्रा टर्किस क्लबतिर

Neuro
ओजिलको यात्रा टर्किस क्लबतिर

विराटनगर । इङ्ग्लिस क्लब आर्सनलका आक्रमक मिडफिल्डर मेसुट ओजिलले आफ्नो यात्रा टर्किस क्लबतिर तय गरेको बताइएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार जर्मनीका विश्वकप विजेता ओजिल टर्किस क्लब फेनेरबाहस जान सहमत भएका हुन् ।

पछिल्लो समय आर्सनलसँग रुष्ट बनेका ३२ वर्षीय ओजिल फेनेरबाहससँग साढे तीन वर्षे सम्झौता गर्न सहमत भएको बेलायती मिडियाले जनाएका छन् ।

cura insider

सन् २०१३ मा रियल मड्रिडबाट लण्डन आएका ओजिल केही समययता आर्सनलसँग रुष्ट बनेका छन् । मिकेल अर्टेटा नेतृत्त्वको टोलीमा उनले खासै मौका पाउन सकेका छैनन् । यसैले उनी आर्सनलसँगको आठ वर्षे यात्रामा बिट मार्ने योजनामा छन् ।

केही समययता उनी अमेरिकन सकर लिग क्लब डिसी युनाइटेडसँग पनि जोडिएका थिए । तर, उनी टर्किस क्लब फेरेनबाहस जान सहमत भएको बताइएको छ ।

ओलिजले आर्सनलबाट दुई सय ५४ खेलबाट ४४ गोल तथा ७७ असिस्ट गरेका छन् ।

jackson ribon