Rumpum Advertisement

विराटनगरका एक हजार चार सय ३८ घरमा ढल जडान

Neuro
विराटनगरका एक हजार चार सय ३८ घरमा ढल जडान

मोहन ढकाल

विराटनगर/विराटनगर महानगरले ढल जडान नगरी शुल्क लिएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।

ढलको सेवा नलिकनै शुल्क लिएको भन्दै सरोकारवाला निकायले समेत चासो दिँदै आएका छन् । तर महानगर भने सेवावापतको शुल्क लिएको बताउँदै आएको छ ।

महानगरमा सेफ्टी ट्याङ्कीसमेत नालामा झार्दा प्रदूषण बढ्नुका साथै विभिन्न महामारी फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर व्यवस्थित गर्न खोजिएको क्षेत्रीय विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले बताए । जसका लागि चेम्बर निर्माण गरेर सेफ्टी ट्याङ्कीसम्म पुर्‍याउँदासमेत उपभोक्ताले जडानमा चासो नदिएको उनले बताए । सोही सेवावापतको शुल्क महानगरले लिएको र यो कुनै राजश्व नभएको उनले बताए ।

उत्तरमा डिएसपी रोड, पश्चिममा कोसी राजमार्गबाट लगभग दुई सय मिटर, पूर्वमा देवकोटा चोकबाट दुई सय मिटर र दक्षिणमा नेशनल ट्रेडिङसम्मको एरियामा ढल जडानको कार्य हुने क्षेत्रीय विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले बताए । महानगरले छ हजार घरमा ढल जडान गर्ने लक्ष्य लिएको छ । महानगरमा अहिलेसम्म एक हजार चार सय ३८ घरमा ढल जडान गरिएको क्षेत्रीय विकास परियोजनाले जनाएको छ ।

महानगरको मुख्य बजार क्षेत्रलाई लक्षित गरेर उक्त परियोजना सञ्चालनमा रहेको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालन भइरहेका परियोजना सम्पन्न हुने चरणमा रहेको परियोजना विराटनगरका प्रमुख भरत न्यौपानेले बताए । मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाअन्र्तगतको कार्य सम्पन्न गरिसकेको न्यौपानेले बताए ।

न्यौपानेका अनुसार क्षेत्रीय सहरी परियोजनाको काम लगभग ९३ प्रतिशत सकिएको छ । वातावरण स्वच्छ राख्नका लागि ढल जडान गरिएको उनले बताए । मुख्य सहरको क्षेत्रमा ढल प्रणाली राखिएको उनले बताए । ढल जडानका लागि घरघरमा चेम्बर राखेर व्यवस्थित गरेको न्यौपानेको भनाइ छ । महानगरले ढल उपयोग गरेबापतको शुल्क लिएको न्यौपानेले बताए ।

शौचालयको सेफ्टी ट्याङ्कीबाट चेम्बरसम्म कनेक्सन गर्ने व्यवस्था मिलाइएको र त्यो व्यवस्था नभएको स्थानमा सेफ्टी ट्याङ्की सफा गर्न सक्सन मेसिनको प्रयोग गर्ने गरी काम भइरहेको न्यौपानेको भनाइ छ । जसका लागि नौ हजार लिटर क्षमता र चार हजार लिटर क्षमताका दुईवटा सेफ्टी ट्याङ्की सफा गर्ने मेसिन खरिद भएको उनले बताए । ठूलो मेसिनबाट एक पटक सेफ्टी ट्याङ्की सफा गरेको पाँच हजार र सानो मेसिनबाट दुई हजार पाँच सय शुल्क निर्धारण भएको उनले बताए ।

ढल प्रणालीमा जोड्न नसकिने घरहरुको सेफ्टी ट्याङ्की सफा गर्दा निजी क्षेत्रले सङ्कलन गरेको फोहोर पनि अनिवार्यरुपमा फोहोर पानी प्रशोधन केन्द्रमा लग्नुपर्ने व्यवस्था गरेको छ । जसका लागि महानगरले प्रतिपटक पाँच सय शुल्क निर्धारण गरेको छ ।

घरलाई तोकिएको मासिक शुल्क

एक हजार वर्गफिटभन्दा कमको घरबाट एक सय, एक हजारदेखि १५ सय वर्गफिटसम्मको घरबाट एक सय ५०, पन्ध्र सयदेखि २५ सय वर्ग फिट भएको घरबाट दुई सय ५० मासिक शुल्क निर्धारण गरेको छ । यस्तै २५ सयदेखि चार हजार वर्गफिटमा रहेको घरबाट मासिक पाँच सय शुल्क निर्धारण गरिएको महानगरले जनाएको छ । चार हजार वर्गफिटभन्दा माथि क्षेत्रफल भएको घरबाट मासिक सात सय शुल्क लिने गरेको छ ।

संस्थाहरुले उपयोग गर्ने भवनबाट लिइने शुल्क

एक हजार वर्गफिटभन्दा कमलाई पाँच सय, एक हजारदेखि १५ सय वर्ग फिटबाट सात सय, पन्ध्र सयदेखि २५ सय वर्गफिटसम्म एक हजार शुल्क निर्धारण गरेको छ । २५ सयदेखि चार हजार वर्गफिटसम्म एक हजार पाँच सय शुल्क निर्धारण गरेको छ । यस्तै चार हजार वर्गफिटभन्दा माथि भएमा दुई हजार पाँच सय शुल्क निर्धारण गरेको छ ।

मिठाइ पसल र रेष्टुरेण्टहरुलाई तोकिएको शुल्क

एक हजार वर्गफिटभन्दा कमलाई तीन सय, एक हजारदेखि १५ सय वर्गफिटबाट पाँच सय, पन्ध्र सयदेखि २५ सय वर्गफिटसम्म आठ सय शुल्क निर्धारण गरेको छ । २५ सयदेखि चार हजार वर्गफिटसम्म एक हजार दुई सय शुल्क निर्धारण गरेको छ । यस्तै चार हजार वर्गफिटभन्दा माथि भएमा दुई हजार शुल्क निर्धारण गरेको छ ।

होटल तथा लजलाई तोकिएको शुल्क

एक हजार वर्गफिटभन्दा कमलाई छ सय, एक हजार एकदेखि १५ सय वर्गफिटबाट एक हजार, पन्ध्र सय एकदेखि २५ सय वर्गफिटसम्म एक हजार ६ सय शुल्क निर्धारण गरेको छ । २५ सय एकदेखि चार हजार वर्गफिटसम्म दुई हजार चार सय शुल्क निर्धारण गरेको छ । यस्तै चार हजार एक वर्गफिटदेखि छ हजार वर्गफिटसम्म चार हजार, छ हजार एकदेखि आठ हजार वर्गफिटसम्म छ हजार, आठ हजार एकदेखि दश हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म १० हजार मासिक शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

अस्पतालहरुलाई तोकिएको शुल्क

एक हजार वर्गफिटभन्दा कमलाई छ सय, एक हजार एकदेखि १५ सय वर्ग फिटबाट एक हजार, पन्ध्र सय एकदेखि २५ सय वर्गफिटसम्म एक हजार छ सय शुल्क निर्धारण गरेको छ । २५ सय एकदेखि चार हजार वर्गफिटसम्म दुई हजार चार सय शुल्क निर्धारण गरेको छ । यस्तै चार हजार एक वर्गफिटदेखि छ हजार वर्गफिटसम्म चार हजार, छ हजार एकदेखि आठ हजार वर्गफिटसम्म छ हजार, आठ हजार एकदेखि दश हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म १० हजार मासिक शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

होस्टल तथा छात्रबासहरुलाई तोकिएको शुल्क

१५ सय वर्गफिटभन्दा कमलाई एक हजार पाँच सय, पन्ध्र सय एकदेखि २५ सय वर्गफिटबाट एक हजार छ सय, २५ सय एकदेखि चार हजार वर्गफिटसम्म दुई हजार चार सय शुल्क निर्धारण गरेको छ । चार हजार एकदेखि छ हजार वर्गफिटसम्म चार हजार शुल्क निर्धारण गरेको छ । यस्तै छ हजार एक वर्गफिटदेखि आठ हजार वर्गफिटसम्म छ हजार, आठ हजार एकदेखि दश हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म दश हजार शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

निजी विद्यालयहरुलाई तोकिएको शुल्क

२५ सय वर्गफिटभन्दा कमलाई एक हजार पाँच सय, २५ सय एकदेखि चार हजार वर्गफिटबाट दुई हजार चार सय, चार हजार एकदेखि छ हजार वर्गफिटसम्म चार हजार शुल्क निर्धारण गरेको छ । छ हजार एकदेखि आठ हजार वर्गफिटसम्म छ हजार शुल्क निर्धारण गरेको छ । यस्तै आठ हजार एक वर्गफिटदेखि १० हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म दश हजार शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

मल तथा सुपरमार्केटलाई तोकिएको शुल्क

पच्चीस सय वर्गफिटभन्दा कमलाई एक हजार, २५ सय एकदेखि चार हजार वर्गफिटबाट दुई हजार चार सय, चार हजार एकदेखि छ हजार वर्गफिटसम्म चार हजार शुल्क निर्धारण गरेको छ । छ हजार एकदेखि आठ हजार वर्गफिटसम्म छ हजार शुल्क निर्धारण गरेको छ । यस्तै आठ हजार एक वर्गफिटदेखि १० हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म दश हजार शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

बैङ्क तथा बित्तीय संस्था, सहकारी संस्थाहरुलाई तोकिएको शुल्क

२५ सय वर्गफिटभन्दा कमलाई एक हजार, २५ सय एकदेखि चार हजार वर्गफिटबाट दुई हजार चार सय, चार हजार एकदेखि छ हजार वर्गफिटसम्म चार हजार शुल्क निर्धारण गरेको छ । छ हजार एकदेखि आठ हजार वर्गफिटसम्म ६ हजार शुल्क निर्धारण गरेको छ । यस्तै आठ हजार एक वर्गफिटदेखि १० हजार वर्गफिटसम्म आठ हजार, दश हजार एकदेखि १२ हजार वर्गफिटसम्म दश हजार शुल्क निर्धारण गरेको छ । यस्तै १२ हजार एक वर्गफिटभन्दा माथि भएमा १२ हजार शुल्क निर्धारण गरेको छ ।

अन्य सङ्घसंस्थाहरुले प्रयोग गर्ने भवनलाई तोकिएको शुल्क

एक हजार वर्गफिटभन्दा कमलाई तीन सय, एक हजार एकदेखि १५ सय वर्गफिटबाट पाँच सय, पन्ध्र सय एकदेखि २५ सय वर्गफिटसम्म आठ सय शुल्क निर्धारण गरेको छ । २५ सय एकदेखि चार हजार वर्ग फिटसम्म एक हजार दुई सय शुल्क निर्धारण गरेको छ । यस्तै चार हजार एक वर्गफिटभन्दा माथि दुई हजार शुल्क निर्धारण गरेको छ ।