Rumpum Advertisement

पिएसजीमा मौरिसियोको पहिलो खेल, भने – धेरै नै उत्साहित छु

पिएसजीमा मौरिसियोको पहिलो खेल, भने – धेरै नै उत्साहित छु

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आज नयाँ वर्ष २०२१ को पहिलो खेल खेल्दैछ । फ्रेन्च लिग वानमा साविक विजेता पिएसजीले नेपाली समयानुसार राति १ः४५ बजे एसटी–इटेन्नीको सामना गर्न लागेको हो ।

इटेन्नीको मैदानमा हुने यस खेलमा पिएसजी जितको लयमा फर्किने दाउमा छ । १७ खेलमा ३५ अङ्क जोडेको पिएसजी हाल तेस्रो स्थानमा छ । इटेन्नी भने १८ अङ्कका साथ १४औं स्थानमा छ ।

पिएसजीले नवनियुक्त प्रशिक्षक मौरिसियो पोचिटिनको नेतृत्त्वमा पहिलो खेल खेल्दैछ । अर्जेन्टिनी कोच मौरिसियो हालै मात्र थोमस टुचेलको स्थानमा पिएसजी आएका हुन् ।

पिएसजीका पूर्वखेलाडीसमेत रहेका उनी यस खेलका लागि उत्साहित रहेको बताउँछन् ।

खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘प्रतियोगितामा फर्किन पाउँदा खुसी छु । मेरा लागि यो क्लबको नेतृत्त्व गर्न पाउनु गर्वको कुरा हो । पहिलो खेलबाट आशावादी पनि छु र उत्साहित पनि । इङ्ग्रल्याण्डमा मैले धेरै क्लबको सामना गरेको छु । यहाँका बारेमा कमै जानकार छु, यसैले यो खेल कठिन हुनेछ ।’