Rumpum Advertisement

‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने

‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने

विराटनगर/निर्देशक मिलन चाम्सको निर्देशन रहने फिल्म ‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने भएको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले र केही हलिउड कलाकारको अभिनय रहने छ ।

‘गोर्खा वारियर’ मिलनले वीर गोर्खालीको कथामा बनाउन लागेका हुन् । हाल फिल्मको एक पोस्टर र टेस्ट टिजर सार्वजनिक भएको छ ।

कोरोना महामारीका कारण छायांकन रोकिएको फिल्म ‘गोर्खा वारियर’ फागुनबाट फ्लोरमा जाने निर्देशक चाम्स बताउँछन् ।