Rumpum Advertisement

बार्सिलोनालाई एथ्लेटिक क्लबको चुनौती

बार्सिलोनालाई एथ्लेटिक क्लबको चुनौती

विराटनगर । स्पेनिस ला लिगामा आज बार्सिलोनाले आफ्नो १७औं खेल खेल्दैछ । नेपाली समयनुसार राति १ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

एथ्लेटिकको मैदानमा हुने यस खेलमा बार्सिलोना जित निकाल्दै शीर्ष क्लबसँगको अङ्कदूरी घटाउने दाउमा हुनेछ । हाल ऊ २८ अङ्कका साथ पाँचौं स्थानमा छ ।

१६ खेल खेलेको बार्सिलोना शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा १० अङ्कले पछाडि छ । ऊभन्दा एक खेल कम खेलेको एथ्लेटिकोसँग ३८ अङ्क छ ।

यता, बार्सिलोनाको आजको प्रतिद्वन्द्वी बिल्बाओ भने २१ अङ्कका साथ नवौं स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

https://twitter.com/FCBarcelona/status/1346698012559630342

प्रतिक्रिया दिनुहोस्: