birat ribon

अनेरास्ववियुले दिउँसै बाल्यो सडकमा लाल्टिन

Neuro
अनेरास्ववियुले दिउँसै बाल्यो सडकमा लाल्टिन

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुस प्रर्दशन गरेका थिए ।

cura insider

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनको कुनै पनि धारा नभएको बताए । प्रधानमन्त्रीलाई गल्तीको प्रायस्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानुनसम्मत्, संविधानसम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म अनेरास्ववियुले विरोधका विभिन्न कार्यक्रम जारी रहने उनले बताए ।

विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है,’ ‘हामी अरु जान्दैनौँ, संसद विघटन मान्दैनौँ’ लगायतका नारासमेत लगाएका थिए ।

jackson ribon