Rumpum Advertisement

छिटो तौल घटाउनु शरीरका लागि हानिकारक

छिटो तौल घटाउनु शरीरका लागि हानिकारक

विराटनगर/मानिसहरू छोटो समयमा अत्यधिक तौल कम गर्ने सोच बनाइरहेका हुन्छन् ।

र, छिटो तौल घटाउनका लागि विभिन्न विकल्पहरूसमेत खोजिरहेका हुन्छौँ । शरीरको अनावश्यक तौल कम गर्ने हडबडमा, हामी प्रायः डाइट प्लान वा अन्य अस्वस्थ तरिका अपनाउनेतिर लाग्छौँ । जसले सुरूमा प्रभावकारी परिणामहरू देखाउँछ । तर केही समयपछि घटेको तौल शरीरमा थपिनुका साथै स्वास्थ्यमा समेत विभिन्न समस्या हुने जोखिम बढ्छ ।

तौल कम गर्नु एक जटिल प्रक्रिया हो, जुन खाने बानीबाहेक शारीरिक गतिविधि, निद्रा र अन्य जीवनशैलीलगायत अन्य कारकद्वारा निर्धारित हुन्छ । साधारणतया विभिन्न प्रकारको खानालाई प्रतिबन्धित गरेमा सकारात्मक नतिजा प्राप्त हुँदैन । स्वस्थ तरिकाले तौल घटाउनका लागि पहिले स्वस्थ, फिट, ऊर्जावान र सक्रिय बन्नका लागि ध्यान केन्द्रित गर्नु पर्छ ।

एकचोटि यी सबै उद्देश्यहरू प्राप्त भएका स्वचालितरूपमा तौल घट्ने हुन्छ । र, ती सबै प्राप्त गर्नका लागि समय लाग्छ । ढिलो तौल घटाउँदा बढी फलफूल, तरकारीलगायत खाना खाने र गुलियो पेयपदार्थ त्यागी स्वस्थ खाना व्यवहारलाई प्रोत्साहित गरिन्छ । यी बानीलाई अपनाउँदा लामो अवधिमा तौल घट्नुका साथै घटेको तौल छिट्टै फर्केर आउने सम्भावना कम हुन्छ ।

तौल घटाउनुभन्दा पनि घटाएको तौललाई बढ्न नदिनु नै बढी चुनौतीपूर्ण हुन्छ । धेरैजसो डाइट प्लानले छिटो तौल घटाउने आश्वासन दिन्छन् । यो डाइट प्लानका कारण सुरुमा केही तौल पनि कम हुँदै जान्छ तर डाइट प्लानलाई छोड्दा पछि तौल फेरि बढ्ने हुन्छ । यी प्लानमा विभिन्न खानाहरू प्रतिबन्धित गरिएको हुन्छ जसकारण शरीरमा आवश्यक पोषक तत्वको अभाव हुन्छ ।

प्रतिबन्धात्मक आहारले मेटाबोलिज्मलाई पनि ढिलो गरी मांसपेशीमा हानीसमेत गर्न सक्छ । लामो समयसम्म यी डाइट प्लान पछ्याउन गाह्रो हुन्छ र यदि लामो समयसम्म यस्ता प्लानमा लागिरहेमा यसले स्वास्थ्य विभिन्न समस्याको जोखिम बढाउँछ । निश्चितरूपमा नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त मात्रामा पानीको सेवन, ग्रीन टि वा हर्बल चियाको सेवनलगायतका केही साधारण युक्तिहरू अनुशरण गरेर तौल घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: