birat ribon

फाइनलका लागि सिटी र युनाइटेड भिड्दै

Neuro
फाइनलका लागि सिटी र युनाइटेड भिड्दै

विराटनगर । इङ्ग्लिस काराबाओ कपअन्तर्गत आज ‘म्यानचेस्टर डर्बी’ हुँदैछ । काराबाओ कपको सेमिफाइनल खेलमा आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्न लागेका हुन् ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा नेपाली समयानुसार राति १ः३० बजेबाट हुने यो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै उपाधि नजिक पुग्ने दाउमा हुनेछन् ।

cura insider

यस खेलको विजेता टोलीले उपाधिका लागि टोटनह्याम हटस्परको सामना गर्नेछ । मङ्गलबार राति भएको पहिलो सेमिफाइनलमा दोस्रो डिभिजनको क्लब ब्रेन्टफर्डमाथि २–० गोलको जित निकाल्दै टोटनह्याम फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल अप्रिल २०२१ मा हुनेछ । दर्शकको प्रवेशको सम्भावना कायम राख्न पछाडि सारिएको फाइनल खेल २५ अप्रिलमा वेम्ब्लीमा हुनेछ ।

यसअघि सिटीले आर्सनललाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो भने युनाइटेडले इभर्टनमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

jackson ribon