birat ribon

बार्सिलोना छोड्ने मेस्सीको अडान कायमै

Neuro
बार्सिलोना छोड्ने मेस्सीको अडान कायमै

विराटनगर । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना छोड्ने अडान कायमै राखेका छन् । मेस्सी यसै वर्ष क्याप नोउ छोड्ने आफ्नो अडान कायमै राखेको बार्सिलोना अध्यक्ष पदका प्रत्यासी अगस्टी बेनेडिटोले जनाएका छन् ।

लामो समयदेखि बार्सिलोनाबाट खेल्दै आएका मेस्सीले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग जोडिएका छन् । बार्सिलोनासँगको सम्झौता सकिन छ महिना मात्र बाँकी रहेको अवस्थामा मेस्सीले स्पेन छोड्ने अडान कायमै राखेको बेनेडिटोको भनाइ छ ।

cura insider

‘मेस्सीलाई बार्सिलोनामै राख्नु क्लबका लागि खुसीको कुरा हुनसक्छ । तर, उनी क्याप नोउमै बस्नेमा म आशावादी भने छैन । क्लबको अवस्था हेर्दा उनी बार्सिलोनामै बस्न जरुरी देखिएको छ । कमसेकम अबका दुई वर्ष उनी बार्सिलोनामा नभए कठिन हुने देखिन्छ’, इएसपिएनसँगको कुराकानीमा बेनेडिटोले भने ।

‘पछिल्ला २० वर्षयता उनी यहाँ छन् । मलाई लाग्छ उनी बार्सिलोनाका समर्थक हुन् र क्लबको कठिन अवस्था हेरेर उनी यहाँ बस्नेछन् । तर, वास्तविकता यो हो कि उनी बार्सिलोना छोड्ने अडानमै छन्,’ उनले थपे ।

बेनेडिटो बार्सिलोनाको अध्यक्ष पदका प्रत्यासी व्यक्ति हुन् । जोसेप मारिया बार्टोमेउले पदबाट राजीनामा दिएपछि सो पदका लागि निर्वाचन हुँदैछ । सो पदका लागि उनले पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

jackson ribon