Rumpum Advertisement

वायु प्रदूषणबाट जोगिन विशेष ख्याल राख्नुपर्ने

Neuro
वायु प्रदूषणबाट जोगिन विशेष ख्याल राख्नुपर्ने

विराटनगर/काठमाडौँ उपत्यकालगायत तराई क्षेत्रका नेपालगन्ज र विराटनगरमा वायु प्रदूषण उच्च देखिएको छ ।

वायु प्रदूषण उच्च भएदेखि वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असरलाई कम गर्नका लागि विशेष ख्याल गर्नुपर्ने बताएका छन् । बिबिसीमा उल्लेख गरेअनुसार वातावरण विभागले प्रदूषणबाट दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी प्रभावित हुने जनाएको छ ।

वातावरणविद् भूषण तुलाधरले हाल प्रदूषण बढेका कारण ट्राफिक धेरै हुने क्षेत्रमा बिहान–बेलुका नहिँड्न सल्लाह दिएका छन् । उनका अनुसार बिहान र बेलुकाको समयमा हिँड्दा स्वास्थ्यमा बढी असर गर्ने हुँदा हिँड्नै परे पनि दिउँसोको दुईदेखि तीन बजेको समयमा ठिक हुन्छ । साथै, घरबाट निस्कनै परे मास्क लगाएर मात्रै घरबाहिर निस्किने र न्यानोका लागि आगो नबाल्न पनि उनले सुझाएका छन् ।

त्यस्तै, भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हिटर चलाउने जस्ता काम रोक्नुपर्ने बताएका छन् । आगो बाल्नुको साटो बाक्लो लुगा लगाएर, तातो पानी पिएर आफूलाई न्यानो राख्न सकिन्छ । दमका बिरामीले अत्यावश्यक काम परेमात्रै घर बाहिर जानुपर्छ ।

जाडोयाममा देखिने अन्य रोग तथा कोरोना भाइरसका लक्षण सामान्यतया एकै प्रकारको हुने भएकाले शङ्का लाग्नेबित्तिकै परीक्षण गराउन उनको सुझाब छ ।