birat ribon

सुन प्रतितोला तीन सयले बढ्यो

Neuro
सुन प्रतितोला तीन सयले बढ्यो

काठमाडौँ/स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेँलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला ९६ हजार चार सयमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तीन सयले वृद्धि भई ९६ हजार सात सयमा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९५ हजार नौ सयमा कारोवार भएकामा आज ९६ हजार दुुई सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला पाँचले उकालो लागेको छ ।

cura insider

प्रतितोला एक हजार तीन सय ३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय ४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

jackson ribon