birat ribon

इनरुवाको विकासका लागि ३० वटा योजना

Neuro
इनरुवाको विकासका लागि ३० वटा योजना

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाको विकासका लागि ३० वटा योजना अघि सारिएको छ ।

अघि सारिएका योजनालाई नगर प्रमुख राजन मेहतासहितको टोलीले काठमाडौंमा विभिन्न आयोग तथा मन्त्रालयमा पेश गरेको छ । इनरुवा स्मार्ट सिटी कार्यक्रमअन्र्तगत विभिन्न मन्त्रालयमा आफ्नो माग पेश गरेको नगरप्रमुख मेहताले बताए ।

cura insider

नगरप्रमुख मेहताले इनरुवाको विकासका लागि डीपीआरसहितको प्रस्तावनाहरु सम्बन्धित निकाय तथा मन्त्रालयमा पेश गरेको बताए । राष्ट्रिय योजना अयोगका सचिव, शिक्षा मन्त्री र शहरी विकास मन्त्रालयका सचिवलाई भेटेर प्रस्तावना पेश गरिएको जानकारी उनले दिए ।

इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहता, वडा नम्बर–५ का वडाध्यक्ष अञ्जनीकुमार पोखरेल र वडा नम्बर–३ का वडाध्यक्ष कालुराम गुरुङसहितको टोलीले ३० वटा योजनाहरुको प्रास्वतना पेश गरेका हुन् ।

प्रस्तावनामाथि सम्बन्धित निकायका मन्त्री तथा सचिवहरुले सकारात्मक रहेको प्रतिक्रिया दिएको र योजनाहरुलाई समयै कार्यान्वयन गर्नका लागि सहयोग गर्ने आश्वासनसमेत दिएको नगरप्रमुखका स्वकीय सचिव सुनोज निरौलाले बताए ।

jackson ribon