Rumpum Advertisement

दुई सिनेट सिटका लागि अमेरिकाको जर्जियामा मतदान

Neuro
दुई सिनेट सिटका लागि अमेरिकाको जर्जियामा मतदान

विराटनगर । अमेरिकाको जर्जिया राज्यमा दुई सिनेट सिटका लागि मंगलबार मतदान भएको छ ।

जर्जियाको यो मतदान अमेरिकी माथिल्लो सदनको शक्ति सन्तुलनका लागि महत्वपूर्ण मानिएको छ । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा दुई सिनेट सिटका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि रनअफ चुनावमा मतदान भएको हो ।

मतदान केन्द्रहरु बन्द हुन थालेसँगै प्रारम्भीक नतिजा आउने क्रम सुरु भएको छ । माथिल्लो सदन सिनेटमा अहिले रिपब्लिकन पार्टीका ५० तथा डेमोक्र्याटिक पार्टीका ४८ सदस्य छन् । जर्जियाका दुई सिट जित्न सके राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई काम गर्न सहज हुनेछ, किनकी तल्लो तथा माथिल्लो सदनमा उनकै पार्टीको नियन्त्रण हुनेछ ।

जर्जियाको एक मात्र सिटमा पराजित भएमा डेमोक्र्याटका लागि कठीन हुनेछ, तर एक सिट मात्रै जितेमा सिनेटमा रिपब्लिकनको नियन्त्रण कायम हुनेछ । मतदानको पूर्व सन्ध्यामा राष्ट्रपतिमा निर्वाचित बाइडेन तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा चुनावी सभा गरेका थिए । उनीहरुले आआफ्नो पार्टीका उम्मेदवारका लागि मत मागेका थिए ।

बाइडेनले जर्जियाको मतले आउँदो धेरै वर्षका लागि अमेरिकाको मार्ग तय गर्ने बताए । रिपब्लिकन पार्टीकातर्फबाट केली लोफ्लर र डेविड पर्ड्यू तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट राफायल वार्नक र जोन असफ सिनेट सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । ३० लाख भन्दा बढीले अग्रिम मतदान गरेका थिए ।