birat ribon

समुन्द्रमा भेटियो अनौठो जीव

Neuro
समुन्द्रमा भेटियो अनौठो जीव

विराटनगर । समुद्रमा अनौठो जीवन भेटिएपछि विश्वका अनुसन्धानकर्ताको ध्यान खिचिएको छ ।

अष्ट्रेलियाको समुन्द्री तटमा एक अनौठो जीव फेला परेपछि त्यसले सबैको ध्यान तानेको हो । उक्त जीव एलियन जस्तो भएको बताइएको छ । संसारमा रहस्यमयी जीवको कुनै कमी नभएको अवस्थामा समुद्री किनारमा एउटा अनौठो जीव भेटिएको हो । तर अचानक यस्ता जीव देखिँदा भने हामी सबैको होश उड्छ नै ।

cura insider

अनौठो उक्त जीवको लम्बाई करिव २ फीट रहेको छ । जानकारले यो जीव ओशन सनफिश रहेको बताएका छन् । अष्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित दक्षिण पश्चिम तटको केनेट नदीमा यो अनौठो जीव फेला परेको थियो । यस जीवका बारेमा पत्ता लगाउन अहिले विभिन्न मुलुकका वैज्ञानिक र अनुसन्धानकर्ताहरु खटिएका छन् ।

jackson ribon