Rumpum Advertisement

जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

Neuro
जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

विराटनगर । गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ ।

बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । असार–साउनमा गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्यु भएपछि सरकारले सो क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगल गाउँपालिकाका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययन गर्न गएको टोलीले पुनर्निर्माण प्राधिकरण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अध्ययनको निष्कर्षसहितको प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।

विज्ञको टोलीमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले मंगलबार पत्रकार सम्मेलन गरेर अध्ययन गरिएका चार बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा भूगर्भविद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारीलगायत विज्ञ सम्मिलित प्राविधिक टोलीले जोखिम स्थलको अध्ययन गरेको थियो ।

‘हामीले एक सातासम्म जोखिम बस्तीको अध्ययन ग¥यौं । चार बस्तीमध्ये दुई बस्ती नै स्थानान्तरण गर्नुपर्छ,’ प्रमुख निरौलाले भने, ‘लिदी र सानो नाम्फामा अब मानवबस्ती बसाउनै मिल्दैन ।’ राजधानी दैनिकमा समाचार छ